प्रचण्डलाई जनार्दनको प्रश्न: चुनावबाट अध्यक्ष बन्न किन आँट नगरेको ?

काठमाण्डु टुडे २०८१ पुष २३ गते १६:४५ मा प्रकाशित

काठमाण्डू, २३ पुस– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा प्रभाकरले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने धारणा राखेका छन ।

काठमाण्डूमा जारी माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले बैठकमा यस्तो धारणा राखेका हुन ।

उपमहासचिव शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने पनि बताएका छन । उनले भने, ‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको छ । अध्यषको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ?’

प्रश्न गर्दै उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्षमा हामी कसैले दावी गर्ने होइन, अध्यक्ष उहाँ नै हुने हो ।

चुनिएर आउन किन डराउनुपर्यो ।’ पार्टीलाई प्राइभेट कम्पनीजसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको चर्चा गर्दै उनले त्यस्तो आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us