काठमाण्डू, २३ पुस– आज मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन । आजको भूकम्पमा परी बारामा ११ तथा काठमाण्डू र काभ्रेमा एक–एकजना घाइते भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
घाइते सबैको उद्धार गरिएको पनि प्रहरीले जानकारी दिएको छ । यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको पनि नेपाल प्रहरीले जानकारी दिएको छ ।