भूकम्प आइरहेको छ, सुरक्षित रहनुहोलाः ओली

काठमाण्डु टुडे २०८१ पुष २३ गते ७:३८ मा प्रकाशित

काठमाण्डू, २३ पुस- प्रधानमन्त्री केपी ओलीले भूकम्पबाट सतर्क र सुरक्षित रहने सबैमा आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत ओलीले उक्त आग्रह गरेका हुन् । हिजोआज मुलुकका विभिन्न भागमा साना ठूला भूकम्पको धक्का आइरहेको भन्दै ओलीले सचेतता अपनाउन भनेका छन् ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा तिप्बतस्थित नेपाल चीन सीमाना नजिकै केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको भूकम्प गएको थियो । काठमाण्डु उपत्यकासहित नेपालका अधिकांश स्थानमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us