रुकुम, १४ भदौ- बलात्कारको शिकार भएकी रुकुम गराइलाकी एक बालिका गर्भवती भएकी छन् ।
१३ वर्षीया ती बालिकाको पेटमा चार महिनाको गर्भ रहेको प्रमाणित भएको छ । उनलाई चार महिनाअघि सोही गाउँका ४५ वर्षीय भीमबहादुर ओलीले बलात्कार गरेका थिए । पेटमा गर्भ रहेको थाहा भएपछि ती बालिका विद्यालय जान छाडेकी छन् ।
बालिकाले चार महिनाअघि घरनजिकै बाटोमा मुख थुनेर ओलीले आफूलाई जवर्जस्ती बलात्कार गरेको बताएकी छन् । डरका कारण आफूले अहिलेसम्म उक्त कुरा कसैलाई नभनेको बताइन् ।
पीडित पक्षले घटनाबारे थाहा पाएलगत्तै पुर्तिमकाँडा प्रहरी चौकीमा जानकारी गराइएको भए पनि सुनुवाई नगरिएको आरोप लगाएको छ । घटनाको रहस्य खुलेपछि आरोपी ओली फरार भएका छन् ।
प्रहरीले भने घटनाबारे अनभिज्ञता जनाएको छ । रुकुम प्रहरी प्रमुख नायब उपरीक्षक गौतमराज कट्टेलले आधिकारिक जानकारी नआएको बताए ।