काठमाण्डु, २२ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल कसैलाई घोचपेच या लक्षित गरेर आफूले राजनीतिक प्रतिवेदन नल्याएको स्पष्टीकरण दिएका छन ।
हिजो (आइतबार) सुरु भएको पार्टीको जारी केन्द्रीय समिति बैठकमा आज समेमबार आफूले पेस गरेको राजनीतिक प्रतिवेदनबारे स्पष्टीकरण दिँदै प्रचण्डले यस्तो बताएका हुन । उनले कसैलाई घोचपोच, काखापाखा र लक्षित गरेर नल्याएको बताएका हुन् ।
उनले बरु बैठक छिटो सकेर नतिजा निकाल्नका लागि फिल्डमा जानुपर्ने प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रचण्डले भनेका छन, ‘कुनै प्रवृत्ति विशेषलाई घोचपेच गर्ने या कसैलाई नकारात्मक भाष्य बनाउनेतिर मेरो प्रस्ताव छैन, ‘सबैका विचार, भावना र चिन्ता समेटिने ढंगले, अहिले देशको वर्ष संघर्ष र आवश्यकतालाई केन्द्रमा राखेर फिल्डमा गएर संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ राखिएको छ ।’
यस्तै प्रचण्डले बैठकप्रति क्रान्तिकारीहरुका साथै प्रतिक्रियावादीहरुको पनि ध्यान केन्द्रित रहेको उल्लेख गर्दै क्रान्तिकारीहरुको बैठकमा प्रतिक्रियावादीहरुले फुट भन्ने चाहेको भएपनि त्यसप्रति पार्टी सचेत रहेको बताए । यस्तै वामशक्तिहरुले माओवादीको बैठकबाट ठुलो आसा राखेको पनि बताए ।
यद्यपि पार्टीभित्र गुटगत प्रवृत्ति रहेको उल्लेख गर्दै प्रचण्डले त्यसलाई चिर्दै अघि बढ्नु आजको आवश्यकता भएको पनि बताएका छन ।