नेविसंघ नेता जुवा खालबाट पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ १४ गते १४:४२ मा प्रकाशित

विराटनगर, १४ भदौ– काँग्रेसनिकट नेपाल विद्यार्थी संघ सुनसरीका पूर्वअध्यक्ष विकास केसी जुवाको खालबाट पक्राउ परेका छन् ।

प्रहरीले केसीसहित २० जनालाई मोरङको अमरदहबाट जुवा खेलिरहेको अवस्थामा शनिबार राति पक्राउ गरेको हो । जुवाडेका साथबाट ७ लाख ६८ हजार ६ सय ९९ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us