विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँः कुलमान घिसिङ

काठमाण्डु टुडे २०८१ पुष २१ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, २१ पुस– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाएरै छाड्ने बताएका छन् ।

आज (आइतबार) पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन ।

उनले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए । उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको बताए ।

उनले लोकसेवा मार्फत एकै पटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिनेगरी विज्ञापन निकालिएको पनि बताएका छन । उनले भने,‘इलेक्टिकल इन्जिनियर विद्युत् प्राधिकरणभित्र खडेरी छ ।

लामो समयदेखि विज्ञापन दरबन्दी यकिन गर्न नसक्दा निकाल्न सकेका थिएनौँ । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत् प्राधिकरण ठुलो हब बनाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us