कैलाली, १४ भदौ– कैलालीको धनगढीमा तीजमा नाच्ने क्रममा एक महिलाको ज्यान गएको छ ।
धनगढी नगरपालिका उत्तरबेहडीकी ४५ वर्षीया उमा स्वाँरको नाच्ने क्रममा शनिबार ज्यान गएको हो । विशाल नगरमा आयोजित तीज कार्यक्रममा नाच्दानाच्दै बिहीबार राति बेहोस भएकी उनको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
सिञ्चाई मन्त्रालयकी कर्मचारी स्वाँरमो मुटुमा समस्या थियो । उता बैतडीको वासुलिङ–९ डुङरीकी २० वर्षीया पुष्पा ऐरीको तीजको ब्रत सकेर खाना खानेबित्तिकै शुक्रबार बेलुकी ज्यान गएको छ ।
दिनभर पानीसमेत नपिएर ब्रत बसेकी उनको शुक्रबार पूजा सकेर खाना खाएलगत्तै ज्यान गएको हो ।