जनावरलाई थापेको पासोमा युवक परे, ४ जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २१ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, २१ पुस– प्रहरीले कैलालीमा जंगली जनावर मार्न थापेको विद्यतीय धरापमा युवक परेको घटनामा चार जनालाई पक्राउ गरेको छ ।

कौलालीको गौरीगंगा नगरपालिका–१ को मौवारी सामुदायिक वनमा विद्युतीय तार बिछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।

उक्त घटनामा गौरीगंगा नगरपालिका–३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरीलाई पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

उनीहरूविरूद्व ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बोहराले कौलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन । धरापमा परेर घाइते भएका चौधरी भने उपचारपछि घर फर्किसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us