काठमाण्डु, २१ पुस– आज (आइतबार) प्रतिकुल मौसमका कारण देशका धेरैजसो विमानस्थलमा उडान प्रभावित भएको छ । अहिले त्रिभुवन विमानस्थलमा भने उडान सामान्य रहेको छ ।
आज बिहान भद्रपुर, भरतपुर र पोखराबाहेकका विमानस्थलमा उडान हुन नसकेको वायुसेवा कम्पनीहरुले जानकारी दिएका छन ।
तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगन्जमा १० बजेपछि हुस्सु खुल्न थालेको छ । यद्यपि उडानहरु प्रभावित रहेको बुद्ध एयरले जनाएको छ ।
तराई र पहाडी भेगमा बाक्लो सुस्सुका कारण उडान प्रभावित हुने गरेका छन् । सोहीकारण आज बिहानका अधिकांश आन्तरिक उडान डिले भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।