करिब ६ हजार सहकारी पीडितको बचतकर्ता फिर्ता भइसक्योः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ पुष २० गते १७:२२ मा प्रकाशित

काठमाण्डु, २० पुस– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले करिब ६ हजार बचतकर्ताको बचत रकम फिर्ता भइसकेको बताएका छन ।

आज (शनिबार) काठमाण्डुमा आयोजित भूवो पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन ।

उनले करिब ६९ हजार बचतकर्ताको रकम अपचलनमा फिर्ता गर्न सरकार लागिरहेको पनि बताएका छन । सञ्चारमन्त्री गुरुङले भने, ‘सहकारी संरक्षण कोषको स्थापनाका लागि हामी लागेका छौँ ।

६९ हजार बचतकर्ताको बचत फिर्ता गर्नको लागि हामी लागेका छौँ, ‘६ हजार बचतकर्ताको बचत अहिलेसम्म सम्पूर्ण रुपमा फिर्ता गरिसकेका छौँ । ८ हजार बचतकर्ताको करिब ७० प्रतिशत फिर्ता गरेका छौँ ।

बाँकी २ हजारको छानविनको क्रममा छ । ’ साथै, उनले सहकारी प्रकरणमा गल्ती गरिसकेपछि सडक आन्दोलनबाट मुक्ति पाइन्छ भन्ने नठान्न पनि आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले न्यायिक छानविन र अनुसन्धानलाई सघाउन आग्रह गरे । सरकार समाजमा भएका विकृति, विसंगति, अन्याय, अत्याचार, असमानता वा भ्रष्टाचारलाई निर्मुल गर्न लागिपरेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us