प्रचण्डको कार्यव्यस्तताका कारण माओवादी स्थायी समिति बैठक स्थगित

काठमाण्डु टुडे २०८१ पुष २० गते १५:५० मा प्रकाशित

काठमाण्डु, २० पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

शनिबार दिउँसो २ बजे बस्नेगरी बोलइएको बैठक अन्तिम समयमा स्थगित भएको भएको खबर आएको एक नेताले जानकारी दिएका छन ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित गरिएको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले अनलाइनखबरलाई जानकारी दिएका छन ।

उनले भने, ‘अध्यक्षको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित भएको छ ।’ उनका अनुसार अर्को बैठक भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी तय भएको छ । यसअघि बिहीबार र शुक्रबार स्थायी समिति बैठक बसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us