समाज परिवर्तनको संवाहक नै महिला हुन्ः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ पुष १९ गते १६:३२ मा प्रकाशित

काठमाण्डु, १९ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने बताएका छन । आज शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले समाज परिवर्तनको संवाहक महिला नै भएको बताएका पनि बताएका छन । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पनि अवस्थामा परिवर्तन भएन भन्दै अहिले केही भएन भन्ने भाष्य बनाउन खोजिएको पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो महिला जागरण ल्याउन सहज थिएन । आज महिला सामाजिकीकरण, जागरण असाधारण ढंगले भएको छ । महिला जागे भने समाज परिवर्तन हुन्छ ।’

ओलीले विगतमा नेपालको राजनीतिक परिवर्तनमा महिलाको उल्लेख्य भूमिका रहेको भन्दै उनले अहिले जिम्मेवारीमा पुगेका महिलाहरूले पुरुषको तुलनामा उत्कृष्ट काम गरिरहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us