काठमाण्डु, १९ पुस– काठमाण्डु महानगरपालिका–१ स्थित दरबारमार्गमा सञ्चालित एक कफी कम्पनीमा आगलागी भएको छ । दरबारमार्गमा रहेको कञ्चनजंगा कफी कम्पनीमा बिहीबार साँझ आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जानकारी दिएका छन । सो कम्पनी टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय अञ्जन भण्डारीले सञ्चालन गरेका हुन् ।