काठमाण्डु, १९ पुस– कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरीएको छ । शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमान बनाएका हुन ।
उनले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् । विमानस्थलमा विभिन्न संघ संस्थाहरूले बाजागाजा र खादा मालाका साथ स्वागत गरेका थिए ।