नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष १९ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, १९ पुस– सप्तरीमा मर्निङ वाकमा निस्केका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ । सवारीको ठक्करबाट सुरुङ्गा नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका ३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन ।

ठक्कर दिने सवारीको खोजी भइरहेको पनि प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us