काठमाण्डु, १९ पुस– रौतहटको राजदेवी नगरपालिका–१ का गजेन्द्र दासको हत्या आरोपी प्रहरीले दुई वर्षपछि नियन्त्रणमा लिएको छ । दासको हत्या आरोपमा रामनरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
रौतहटको राजदेवी–१ का २० वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बुधबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।
दासको २४ फागुन २०७९ मा हत्या भएको थियो । यादवले २५ वर्षीय दासलाई कुटपिट गरी हत्या गरेको आरोप छ । अनुसन्धानमा सहयोग गरेमा सजायमा छुट हुने व्यवस्था अनुसार उनको परिवारलाई कानूनी परामर्श गरिएको थियो ।
त्यसपछि यादव प्रहरी कार्यालयमा आफैं उपस्थित भएको रौतहटका इन्सपेक्टर रामकुमार महतोले जानकारी दिएका छन ।