अमेरिका पठाउने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १८ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, १८ पुस– प्रहरीले अमेरिका पठाउने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भइ चितवन भरतपुर बस्दै आएका ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी नगरपालिका–२ घर भइ काठमाण्डुको नागार्जुन बस्दै आएका ३१ वर्षीय राजन आले रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट मंगलबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

बेरोगजार युवायुवतीहरूलाई उनीहरुले अमेरिका पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोप छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको अपराध अनुसन्धन कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us