ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित

काठमाण्डु टुडे २०८१ पुष १८ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, १८ पुस– आज बिहिबार बसेको एमालेको सचिवालय बैठकबाट एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन पारित भएको छ ।

आज बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको हो। एमालेको केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्दैछ ।

उक्त बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयमा बैठकमा छलफल भएको एमाले सचिवालयको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिएका छन । सो प्रतिवेदनमाथि आवश्यक छलफल गरेर प्रतिवेदन पारित गरेको उनको भनाइ छ ।

सचिवालयले पास गरेको प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिएका छन ।

राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयको गम्भीर विवेचना गरिएको छ । यस्तै एमाले र कांग्रेसका बिचमा किन नयाँ सहकार्य गर्नुपर्यो भन्नेबारे पनि प्रतिवेदनमा विश्लेषण गरिएको ज्ञवालीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us