बर्दिया, १४ भदौ– वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले बाढीपीडितको नाममा राजनीति नगर्न दलहरुलाई आग्रह गरेका छन् ।

मध्यपश्चिममा बाढीबाट भएको क्षतिको अवलोकन तथा राहत वितरणको अनुगमन गर्ने क्रममा बर्दिया पुगेका मन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्न सम्वद्ध अधिकारीहरुलाई निर्देशन समेत दिए । उनले पीडितलाई राहत र विस्थापितलाई पुनस्र्थापना गराउने आधार खोज्न प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा आफू प्रभावित क्षेत्रमा आएको बताए ।
उनले बाढीप्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारलाई सघाउन स्थानीय राजनीतिक दललाई आग्रह पनि गरे । त्यस क्रममा मन्त्री थापालाई स्वाथ्य, खानेपानी, विद्युत, टेलिकमलगायत सरकारी कार्यालयका प्रमुखहरुले प्रभावित क्षेत्रमा जारी उद्धारकार्यको प्रगतिबारे अवगत गराएका थिए ।