पिंगलास्थानमा युवती मृत्यु प्रकरणः सँगै बसेका युवक ढोकामा ताला लगाएर फरार

काठमाण्डु टुडे २०८१ पुष १८ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, १८ पुस– काठमाण्डुको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवती एकजना युवकसँग बस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानमा सहभागी एक प्रहरीका अुनसार कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीय स्वस्तिका खड्काको शव फेला परेको हो । नयाँ वर्षको अघिल्लो दिन उनीहरू सो होटलमा बस्न गएका थिए । भोलिपल्ट ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केहीबेरमा आउँछु’ भन्दै निस्किएका थिए ।

तर, उनी नफर्केपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ढोका फुटाएर हेर्दा युवतीको शव बेडमा रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानमा खटिएका एक उच्च अधिकृतले भने, ‘बाहिरबाटै ताला लगाएर केहीबेरमा आउँछु भन्दै ती युवक निस्किएका रहेछन्, ‘ती युवक नफर्किएपछि हामीलाई खबर आएको थियो ।’ती प्रहरीका अनुसार फरार युवक ‘लोकेट’ भइसकेका छन् ।

उक्त होटलको ३ सय ८ नम्बर कोठामा युवतीको शव फेला परेको हो । घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाण्डु, काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us