काठमाण्डु, १७ पुस– नेकपा एमालेले निष्काशन गरेपछि पार्टीका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा भिम रावलले आफू पार्टी खोल्नबाट नडराएको प्रतिक्रिया दिएका छन ।
एमालेले आफुलाई पार्टीबाट निष्काशन गरेपछि आज बुधबार पहिलो पटक काठमाण्डुको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो प्रतिक्रिया दिएका हुन ।
पत्रकार सम्मेलनमा नेता रावलले भने, ‘आज यहाँ पार्टी घोषणा हुन्छ होला भन्ने सुनिएको थियो, किन डराउनुभएको ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘डराएको होइन ।
अहिलेको मातृभूमि जागरण अभियान, भविष्यको सशक्त देशभक्तिपूर्ण संगठनको आधार हुनेछ ।’ उनले पत्रकार सम्मेलनमार्फत मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्ने रावलले बताएका छन् ।
उनले त्यसबारे थप प्रष्ट पार्दै भने, ‘जनताको बीचमा गइसकेपछि म यस्तो संकलपको साथ किन अघि बढेँ भन्ने प्रष्ट पार्न खोजेको हुँ ।’