केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा विरोध गर्ने ७ जना नेतालाई भीम रावलले दिए धन्यवाद

काठमाण्डु टुडे २०८१ पुष १७ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, १७ पुस– नेकपा एमालेबाट निष्काशनमा परेका पूर्व गृहमन्त्री समेत रहेका नेता डा. भिम रावलल एमाले अध्यक्ष केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा ७ जना नेताले विरोध गरेको बताएका छन ।

कारबाहीको विरोधमा सचिवालय बैठकमा आफ्नो मत राख्ने नेताहरुलाई नेता रावलले धन्यवाद समेत व्यक्त गरेका छन । एमालेले आफुलाई पार्टीबाट निष्काशन गरेपछि आज बुधबार पहिलो पटक काठमाण्डुको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै नेता राववले ओलीको कारबाहीको प्रस्तावमा विरोध जनाएका ७ जना नेताहरुलाई धन्यवाद व्यक्त गरेका हुन ।

पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिलाई निलम्बन गरियो ।

मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद ।

रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतले विरोध जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us