युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न सक्दैनन्: देउवा

काठमाण्डु टुडे २०८१ पुष १४ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, १४ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने दाबी गरेका छन ।

आज आइतबार काठमाण्डुमा कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताएका छन ।

उनले खेलकुदमा युवाहरू बढी हुने भएकाले कांग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने पनि बताएका छन ।

उनले खेलकुद स्वस्थ शरीरका लागि महत्त्वपूर्ण रहेको बताए । ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरू मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने पनि बताएका छन ।

कांग्रेस सभापति देउवाले भने, ‘नेपालमा खेलकुद जगतमा बढी व्यस्त लागेका साथीहरूले हाम्रो पार्टीलाई पनि मजबुत बनाउनसक्छ ।

कुनैपनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन, तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन । खेलकुदमा युवाहरू बढी हुने भएकाले हामीले जोड दिनुपर्छ । सबै साथीहरू लागेर खेलकुद जगतलाई बढाउनुपर्छ । हाम्रो पार्टीबाट पूरा सहयोग छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us