घनश्यामलाई कवितामार्फत विष्णुको झटारोः कहिले एमाले बिनाको राजनीति कहिले ओली बिनाको एमाले

काठमाण्डु टुडे २०८१ पुष १४ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, १४ पुस– एमाले उपमहाचिव समेत रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई कवितामार्फत जवाफ पर्काएका छन ।

एमाले उपमहासचिव रिमालले महासचिव भुसाललाई आज आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत जवाफ फर्काएका हुन । रिमालले भुसाललाई लक्ष्ति गर्दै ‘ह्याउ भए आफ्नै पार्टी बनाएर देखाउन’ समेत चुनैति दिएका छन ।

नेकपा एकीकृत समाजवादीका महासचिव भुसालले हिजो (शनिबार) एक कार्यक्रम लाई सम्बोधन गर्दै एमालेले भिम रावललाई गरेको निष्कासन प्रति अभिव्यक्ति दिएका थिए । साथै महासचिव भुसालले एमाले अध्यक्ष ओलीलाई नेतृत्वबाट हट्न समेत सुझाव दिएका थिए ।

नेता भुसालले एमालेमा उकुसमुकुसको अवस्था रहेको पनि बताएका थिए । त्यही कुरालाई लिएर उपमहासचिव रिमालले कविता मार्फत जवाप पर्काएका हुन । उपमहासचिव रिमालले लेखेका छन, ‘ उनी पो निसासिए रे ! उनन्चालीस सालदेखि यता हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,’ रिमालले लेखेको कवितामा उल्लेख छ,‘पार्टी भित्र सधैँ उनी–विवादका लागि मौकाको खोजीमा रहे, अनवरत ‘किच–किच’ गरेर बसिरहे ।

उपमाहासचि रिमालको कविता जस्ताको तेस्तै

उनी पो निसासिए रे !
उननचालीस सालदेखि यता
हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौं,
पार्टी भित्र सँधै उनी—
विवादका लागि मौकाको खोजीमा रहे,
अनवरत ‘किच–किच’ गरेर बसीरहे।
प्रत्येक चुनौति चिर्दै
पार्टीले उचाइ छोएको बेला,
सुरु भएको विवादमा,
हामी एकताको पक्षमा उभियौं,
उनले बिभाजनको बाटो रोजे ।
बाटो मात्र रोजेनन्,
त्यस समूहलाई पनि बीचमै छोडे- अन्तै दौडिए।
‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।
एक समय फेरि आयो,
पार्टीमा बहस–विवाद सुरु भयो ।
‘जोरीपारी’हरु–
‘एमाले विनाको राजनीति’को खेतीमा लागे,
उनी ‘ओली विनाको एमाले’ भन्दै उफ्रिए ।
विभाजनको लागि कसैलाई उचाले–
एकता भन्दै आफू अर्कातिर अल्झिए ।
मौसम छ्याङ्ग भएपछि,
फेरि नयाँ चुनौति सामना गर्ने बेलामा—
छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।
सानै सहि—
असहमत ‘अरुहरु’ले दुःखैले बनाएको घरमा
लुसुक्क छिरे–
‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटे झैं
उल्टै हाकिम पल्टिए ।
अहिले फेरि उनलाई लागेछ क्यारे–
कतै ‘टाँड’ पो पर्छ कि?!
कतै औंला घुसार्न पो मिल्छ कि?!
अनि भन्न थाले छन् फेरि–
‘ओलीले छोड्नु पर्छ, उकुसमुकस भएको छ।’
अरे यार!
ह्याउ भए बनाएर देखाउ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हॉडा-भाँडा’हरू
बज्न नदेउ न !
ढोका खोलुन् कि–– छेस्किनी लाउन्,
अरुले उनीहरुका घरमा,
जे गरुन–बाल मतलव!

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us