एआईजी भरत बोहरा अवकाशमा

काठमाण्डु टुडे २०८१ पुष १४ गते १५:२७ मा प्रकाशित

काठमाण्डु, १४ पुस– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरत बोहरा अवकाशमा गएका छन ।

एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आजबाट अनिवार्य अवकाशमा गएका हुन । प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका बोहरा प्रहरी हेडक्वार्टरको प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

बोहराको अवकाशसँगै एआईजीमा एउटा दरबन्दी रिक्त भएको छ । किरण बज्राचार्य पुस १६ मा अवकाशमा जाँदै छिन् । बज्राचार्यको अवकाशपछि दुई जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिने गृह मन्त्रालयका उच्च अधिकृतहरू जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us