पेस्तोल सहित कोटेश्वरबाट एकजना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १४ गते १५:११ मा प्रकाशित

काठमाण्डु, १४ पुस– प्रहरीले काठमाण्डुको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराइज खड्कालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

उक्त बसेको कोठा नम्बर ४०१ बाट १ थान ९ एमएमको पेस्तल, पेस्तोलमा लाग्ने एक थान म्याग्जिन र ९ राउन्ड गोली समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

आज (आइतबार) बिहान ११ बजेको समयमा कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाण्डु उपत्यका प्रहरी कार्यालयको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us