काठमाण्डु, १४ पुस– आइबतार भक्तपुरको साँगामा हेली एभरेस्टको विमान आकस्मिक अवतरण गरीएको छ । उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन ।
उक्त विमानमा ६ जना यात्रु रहेको उनले जानकारी दिएका छन । चरा ठोक्किएर आकस्मिक अवतरण भए पनि विमानमा कुनै समस्या नभएको र सबै यात्रु सुरक्षित रहेको शेर्पाले जानकारी दिएका छन । उक्त विमान लुक्लाबाट काठमाण्डु आउँदै गरेको थियो ।