माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाण्डु टुडे २०८१ पुष १४ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, १४ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठक आज (आईतबार) दिउँसो ३ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जनकारी दिएका छन ।

स्थायी समिति, केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा अनौपचारिक बैठक बोलाइएको ढकालले जनकारी दिएका छन । उनले भने, ‘ काठमाण्डु उपत्यकामा उपलब्ध पदाधिकारीको बैठक बोलाइएको हो ।

समसामयिक राजनीतिक विषय, स्थायी समिति, केन्द्रीय समिति बैठकको तयारीका लागि बोलाइएको हो ।’ यसअघि मङ्सिर २८ गते बसेको स्थायी समिति बैठकले पुस १८देखि २० गतेसम्म स्थायी समिति र २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us