काठमाण्डुको सेतोपुलमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाण्डु टुडे २०८१ पुष १४ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, १४ पुस– काठमाण्डुको सेतोपुलमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भई हाल काठमाण्डु महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा रहेको प्रहरीले जनाएको छ ।

गत ९ पुसमा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एकजना अधिकृतले जानकारी दिएका छन । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् । घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us