प्रतिनिधिसभाको सचिवमा झापाका राई सिफारिस

काठमाण्डु टुडे २०८१ पुष १४ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, १४ पुस– प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएका छन । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम राईलाई सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि हाल उक्क पद रिक्त छ । झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us