म्यासेडोनिया पठाइदिन्छु भनी रकम ठगेको आरोपमा एकजना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १३ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, १३ पुस– प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारमा म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको केपीलासगढी गाउँपालिका–७ घर भई हाल काठमाण्डुको चण्डोलमा बस्ने २८ वर्षीय चिना कोयी राई रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चण्डोलबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १२ लाख ९१ हजार रुपैयाँ बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया लैजाने भन्दै ठगी गरेको उनीमाथि आरोप थियो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us