मध्यरातमा महिलाको घरमा पस्ने सैनिकको गाउँलेले कठालो समाते

काठमाण्डु टुडे २०७१ भदौ १४ गते ७:१९ मा प्रकाशित

नवलपरासी,  १८ भदौ– महिलामाथि दुव्र्यवहार गरेको आरोपमा स्थानीयले एक सैकिनलाई पक्रेर प्रहरीमा बुझाएका छन् ।

हात्तीखोरस्थित वन तथा सुरक्षा पर्यावरणीय निर्देशनालयमा कार्यरत नायक पुरुषोत्तम श्रेष्ठलाई स्थानीयले इलाका प्रहरी कार्यालय बलपुरको जिम्मा लगाएका हुन् ।

श्रेष्ठसहित तीन सैनिकले शुक्रबार राति स्थानीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेको छ । आरोपीमध्ये दुईजना फरार छन् । प्रहरीले मादक पदार्थ सेवन गरी मातेका तीन सैनिक स्थानीय महिलाको घरमा प्रवेश गरेको बताएको छ ।

स्थानीयले बलात्कार प्रयास गर्ने सैनिक जवानलाई कारबाही माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीले भने पक्राउ परेका श्रेष्ठलाई सेनाको जिम्मा लगाउने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us