रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष १३ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, १३ पुस– धादिङमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादीङको बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने मोटरसाइकल चालक–२४ वर्षीय रामकृष्ण कँडेल रहेका छन ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारस्थित सडकमा रोकी राखेको बा.प्र.२र०३र००१ क ००६३ नम्बरको ट्रकमा बा.प्र.०३९०१३ प ७८०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा कँडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि केएमसि अस्पताल सिनामंगल रिफर गरिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us