त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह

काठमाण्डु टुडे २०८१ पुष १३ गते १५:५३ मा प्रकाशित

काठमाण्डु, १३ पुस– आज शनिबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइएको जानकारी दिएका छन ।

यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी भएछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता रहेको थियो । परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएको जानकारी दिए ।

समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको थियो। दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा.रामप्रसाद यादव रहेका थिए ।

समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us