काठमाण्डु, १३ पुस– मकवानपुरको थाहा नगरपालिका–१० स्थित न्हुलगाउँमा कुटपिटबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ५३ वर्षीय हिराकाजी गोपालीको काठमाण्डुको मित्रपार्कस्थित दिर्घायु अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
८ पुसमा राति घर नजिकै आगो तापिरहेको अवस्थामा जयराम गोपाीलीले उनलाई ढुंगा र चिर्पट प्रहार गरेका हुन् । हत्यामा संलग्न जयराम गोपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन । हिराकाजीको शुक्रबार मध्यान्ह मृत्यु भएको हो ।
आरोपीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गरिरहेको थियो । पीडितको मृत्युभएसँगै सो मुद्दा ज्यानसम्बन्धी कसुरमा रुपान्तरण गरिने डीएसपी अर्यालले जानकारी दिएका छन ।