बस दुर्घटनामा आमाछोरीसहित चारको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ १४ गते ६:४९ मा प्रकाशित

गोरखा, १४ भदौ- गोरखाको बगुवा– ३ दारेगौंडामा शनिबार भएको बस दुर्घटनामा आमा छोरीसहित ४ जनाको ज्यान गएको छ ।

दुर्घटनामा आरुचनौटे–१ आरुघाटकी ३६ वर्षीया ऐश्वर्या श्रेष्ठ उनकी छोरी ७ वर्षीया योजना, तान्द्राङ– ३ की १७ वर्षीया सम्झना सुर्खेती र गुम्दा–९ कि २२ वर्षीया सरिता गुरुङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अरु ३५ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका १२ जनालाई उपचारका लागि काठमाण्डु लगिएको छ । घाइतेको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइते नेपाली सेनाका अमृत अधिकारीको छाउनीस्थित आर्मी अस्पतालमा उपचार भइरहेको छ । बाँकी घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको गोरखा प्रहरी प्रमुख नायब उपरीक्षक रमेश थापाले बताए ।
आरुघाटबाट सदरमुकाम आउँदै गरेको ना ४ ख १३९५ नम्बरको बस बिहान शनिबार बिहान ११ बजेतिर सडकबाट पल्टिएर दुर्घटना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us