कक्षा १२ को परीक्षाफल प्रकाशित, ७० दशमलब ४३ प्रतिशत उत्तीर्ण

काठमाण्डु टुडे २०७१ भदौ १४ गते ६:३८ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– उच्च माध्यामिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल शनिबार प्रकाशित गरेको छ ।

नियमिततर्फ ७० दशमलब ४३ प्रतिशत र आंशिकतर्फ ३८ दशमलब २१ प्रतिशत विद्यार्थी उर्त्तीण भएका छन् ।
नियमिततर्फ ३६ हजार ७ सय २७ ले परीक्षा दिएकामा २५ हजार ८ सय ६६ जना उर्त्तीण भए । आंशिकतर्फ ६ हजार ८ सय ४२ मध्ये २ हजार ६ सय २१ उत्तीर्ण भएका छन् । यस्तै नियमिततर्फ ८ र  आंशिकतर्फ ७ जनाको परीक्षा रद्द गरिएको छ भने ६ जनाको परीक्षाफल स्थगित गरिएको छ ।

कक्षा १२ को नतिजा आउन ढिलाइ भएका कारण विद्यार्थी मारमा परेका छन् । परीक्षाफल आउन ढिलाइ भएको भन्दै त्रिविले इन्जिनियरिङतर्फको प्रवेश परीक्षा लिइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us