काठमाण्डु, १४ भदौ– सिजन मिडिया प्रालिद्धारा आयोजित मिस इकलेज–२०१४ का २४ प्रतियोगीले शनिबार बागमती नदी सरसफाई कार्यक्रममा
सहभागी भएका छन् ।
मुख्यसचिव लीलामणि पौडेल नेतृत्वमा ६७ हप्तादेखि सञ्चालनमा आएको वागमती सरसफाई कार्यक्रमको ६८ औं श्रृखलाअन्तर्गत उनीहरुले टेकुमा वागमती नदी सरसफाई गरेका हुन् ।
कार्यक्रममा सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले वागमती सरसफाइका लागि मुख्यसचिव पौडेललाई २५ थान डोको हस्तान्तरण गरे ।