पोखरामा ६ युवाले गरे युवतीको सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७१ भदौ १४ गते ५:५९ मा प्रकाशित

rapeपोखरा, १४ भदौ– पोखरा उपमहानगरपालिका १२ कार्कीडाँडामा एक युवतीको सामूहिक बलात्कार भएको छ ।

प्रहरीले एकजना युवतीलाई ७ जनाले बलात्कार गरेको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–१२ मा रहेको हिमाली समाजघरमा बसेका युवाहरुले युवतीलाई मोटरसाइकलमा कार्कीडाँडा पुर्‍याएर सामूहिक बलात्कार गरेका थिए ।

घटनामा संलग्न दुईजना पक्राउ परेका छन् । अन्यको खोजी जारी छ । पक्राउ परेकाहरुले बयानका क्रममा युवतीलाई आफूहरुले बलात्कार गरेको स्वीकार गरेका छन् ।

कास्की प्रहरीका प्रवक्ता केदार रजौरेले घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र छिट्टै पक्राउ गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us