सुतिरहेकी महिलाको गोली हानी हत्या

काठमाण्डु टुडे २०७१ भदौ १४ गते ३:३१ मा प्रकाशित

सर्लाही, १४ भदौ– सर्लाहीमा एक महिलाको गोली हानी हत्या भएको छ ।
नोलेल्वा गाविस–५ मोहनगञ्जका श्रवण महतोकी कान्छी श्रीमती २३ वर्षीया अमृतादेवीको हत्या भएको हो । सर्लाही प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले शुक्रबार राति अज्ञात व्यक्तिले घरमा सुतिरहेका बेला झ्यालबाट गोली हानेर उनको हत्या गरेको बताए ।

श्रवण र उनकी जेठी श्रीमती ललीतादेवीबीच अंश मुद्धा चलिरहेको छ । ठाकुरले पारिवारिक किचलोका कारण घटना भएको हुन सक्ने आशंकामा छानबिन थालिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us