काठमाण्डु, १४ भदौ– बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
दिवसका अवसरमा राजधानीमा मानवअधिकारकर्मी र बेपत्ता परिवारले सचेतना निकालेका छन् । दिवसका अवसरमा काठमाण्डुसहित देशभर बेपत्ता पारिएकाहरुको सम्झनामा जनचेतनामुलक कार्यक्रम हुँदैछन् ।
सरकार र दलहरुको बेपत्ताको सार्वजनिक गर्ने पटकपटकको प्रतिबद्धता पूरा नहुँदा पीडित परिवार थप मर्माहत भएका छन् । २०६३ सालमा शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताहरुको अवस्था सार्वजनिक गरी बेपत्तामा संलग्नमाथि कारकाही गर्ने उल्लेख छ ।
तर ८ वर्ष बित्दासमेत उक्त विषय कार्यान्यव भएको छैन । नेपालमा सशस्त्र द्वन्द्वका क्रममा १ हजार ३ सय ५० जना बेपत्ता भएका छन् । यसैबीच बेपत्ताहरुको सम्झनामा साँझ साढे ५ बजे भद्रकालीमा दीप प्रज्वलन गरिने भएको छ ।