आज ऋषि पञ्चमी

काठमाण्डु टुडे २०७१ भदौ १४ गते ३:०१ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– आज भाद्रशुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी हिन्दू नेपाली महिलाहरुले सप्तर्षीको पूजा गरेर मनाउँदैछन् ।

तीजको पर्सीपल्ट महिलाहरुले अरुणधत्तीसहित कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको  पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् ।

रजश्वला भएका बेला  जानेर वा नजानेर भएका गल्तीको दोष नास भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ  । आज सप्तऋषिको पूजा गर्नाले सौभाग्य प्राप्ति र सन्तान लाभका साथै दाम्पत्य जीवन सफल हुने विश्वास गरिन्छ ।

महिलाहरु आज नदी, तलाउ वा कुण्डमा नुहाई ३ सय ६५ वटा दतिवन टोखेर बगाउने गर्दछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us