चोर्न नपाउँदा कुटिए केन्द्राध्यक्ष

काठमाण्डु टुडे २०७१ भदौ १४ गते २:३५ मा प्रकाशित

सर्लाही, १४ भदौ– सर्लाही सदरमुकाम मलंगवाका दुई परीक्षा केन्द्रमा जारी स्नातक पहिलो वर्षको परीक्षा शुक्रबार स्थगित भएको छ ।

शुक्रबार बिजनेस स्टाटिस विषयको परीक्षा थियो । पद्मउच्च मावि परीक्षा केन्द्रमा विद्यार्थीहरुले केन्द्राध्यक्ष पन्जदेव यादवमाथि कुटपिट गरेपछि परीक्षा स्थगित भएको हो ।
तीनै विद्यार्थीहरुले सर्लाहीमा क्याम्पस परीक्षा केन्द्रमा गएर केही परीक्षार्थीको कपीमा क्षति गरेकाले परीक्षा स्थगित भयो । दुई शैक्षिक संस्थाको पहिलेदेखि नै विवाद रहेकाले यस्तो भएको एक शिक्षकले बताए ।

विद्यार्थीहरुले भने आफूहरुलाई पदमरत्न केन्द्रमा कडा गरेको तर, सर्लाही क्याम्पसमा विद्यार्थीहरुलाई धेरै छुट दिइएकाले विरोध गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us