काठमाण्डु, १४ भदौ– नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल औसत २० प्रतिशतले बढाउन गरेको प्रस्तावमा शुक्रबार अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागीले मिश्रित प्रतिक्रिया दिएका छन् ।
उपभोक्ता अधिकारकर्मीहरुले महसुल वृद्धिको विरोध गरेका छन् भने उर्जा उत्पादकहरुले समर्थन जनाएका छन् । अन्तरक्रियामा प्रस्तुत प्रस्तावअनुसार सिंगल फेजअन्तर्गत २० मासिक युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले प्रतियुनिट ५ रुपैयाँ तिर्नुपर्नेछ ।
हाल मासिक २० युनिटसम्म खपत गर्दा ८० रुपैयाँ तिरे हुन्छ । त्यस्तै २१ देखि ५० युनिटसम्म प्रतियुनिट ७ रुपैयाँ ३० पैसाबाट ८ रुपैयाँ ८० पैसा, ५१ देखि १ सय ५० युनिटसम्म प्रतियुनिट ८ सय ६० पैसाबाट १० रुपैयाँ ३० पैसा, १ सय ५१ युनिटदेखि २ सय ५० युनिटसम्म ९ रुपैयाँ ५० पैसाबाट ११ रुपैयाँ ४० पैसा र २ सय ५१ युनिटदेखि माथि ११ रुपैयाँबाट १३ रुपैयाँ २० पैसा प्रस्ताव गरिएको छ ।
कान्तिपुर दैनिकबाट