ओली फर्किएपछि मात्र उच्चस्तरीय समिति

काठमाण्डु टुडे २०७१ भदौ १४ गते २:०० मा प्रकाशित

काठमाण्डु, १४ भदौ –उच्चस्तरीय राजनीतिक समिति गठनमा दलहरु सहमतिनजिक पुगे पनि नेतृत्व र सहभागी हुने दलको विषयलाई लिएर KP Oliउनीहरुबीच कुरा मिल्न सकेको छैन ।
शुक्रबार एमाले अध्यक्ष केपी ओली निवास भक्तपुर बालकोटमा कांग्रेस, एमाले र एमाओवादीबीच भएको छलफल निष्कर्षमा पुग्न सकेन ।
एमाले अध्यक्ष ओली उपचारका लागि दिल्ली जानुअगावै सहमति जुटाउने प्रयासस्वरुप दलहरु छलफल गर्न बसेका थिए ।

ओली एक हप्तापछि मात्र नेपाल फर्कन्छन् । उनी नफर्कदासम्म समिति गठन प्रक्रिया अघि नबढ्ने उनीनिकट स्रोतले बतायो ।
‘सकारात्मक रुपमा छलफल अघि बढेको छ,’ ओलीनिकट स्रोतले भन्यो,‘उहाँ ९ओली० फर्किएपछि विस्तारै समिति गठनको कुरा अघि बढाउने भन्ने छ ।’
बैठकमा एमाओवादीले मधेसवादी दललाई पनि उच्चस्तरीय समितिमा सहभागि गराउनु पर्ने अडान राखे पनि कांग्रेस–एमाले त्यसमा सहभागि हुन सकेका छैनन् । ‘नेतृत्व र सहभागी दलको विषयमा कुरा मिलेको छैन । एमाओवादीले मधेसी दललाई पनि सहभागि गराउनु पर्ने बताएको छ,’ स्रोतले भन्यो ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us