हेफरले दियो बाढी पीडितलाई ४७ लाख

काठमाण्डु टुडे २०७१ भदौ १३ गते ७:१८ मा प्रकाशित

काठमाण्डु, १३ भदौ – गैर–सरकारी संस्था हेफर इन्टरनेशनल, नेपालले बाढी पीडितलाई सहयोग रकम प्रदान गरेको छ ।

NewHeiferLogo_Nepalसो संस्थाले बाँके, बर्दिया, सुर्खेत र दाङ्ग जिल्लामा एकमुष्ट रकम ४७ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला दैवी प्रकोप राहत समितिलाई सहयोग उपलब्ध गराएको हो ।

हेफर इन्टरनेशनल नेपालले ५ वटा जिल्लाहरुमा बाँकेमा २० लाख, बर्दियामा १५ लाख, सुर्खेतमा ६ लाख, दाङमा ४ लाख र सिन्धुलीमा २ लाख रकम हस्तान्तरण गरेको छ ।
हेफर इन्टरनेशनल नेपालले सन् २००७ देखि महिला शसक्तिकरण, पशुधन, घाास विकास र सामुदायिक विकासका

विविध क्षेत्रहरुमा समुदायलाई ज्ञान, सीप, तालिम, सेवा, सहयोग तथा परामर्श प्रदान गरि सामाजिक र आर्थिकरुपमा सशक्त र सक्षम बनाई उनीहरुको जीवनयापनमा सुधार गर्ने कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले जानकारी दिएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us