प्रचण्डका अगाडि सरकारविरुद्ध किन यसरी खनिए ओली ?

काठमाण्डु टुडे २०७१ भदौ १२ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, १२ भदौ एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

prachanda-kp oli
ओली भेट्न प्रचण्ड बिहीबार साँझ ओली निवास बालकोट पुगेका थिए । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, चार बुँदे सहमति कार्यान्वयनलगायत विषयमा छलफल भएको ओलीको निजी सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार प्रचण्डले चारबुँदे सहमति कार्यान्वयन नभए शुक्रबारको संसद् बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ओलीले भेटमा आफू सरकारको कामकारबाहीबाट सन्तुष्ट नरहेको बताएका थिए ।

उनी संविधानसभा निर्वाचनको ९ महिनासम्म संविधानसभालाई पूर्णता दिन नसकेको, संवैधानिक निकायमा पदाधिकारी तथा राजदूत नियुक्ति नगरेको, सरकार सञ्चालनका     क्रममा एमालेका मन्त्रीहरुसँग समन्यव नगरेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध खनिएको बुझिएको छ । उनले सरकारको काम गराई अतिसुस्त रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us