मलेसियामा नेपाली कामदारको विजय

काठमाण्डु टुडे २०७१ भदौ १२ गते १३:०६ मा प्रकाशित

मलेसिया, १२ भदौ आफ्ना माग कम्पनीले पूरा गर्ने भएपछि मलेसियाको जोरबाहरुस्थित एक कम्पनीमा कार्यरत नेपाली काममा फर्कने भएका छन् ।

कम्पनी व्यवस्थापनले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरु सोमबारबाट काममा फर्कन लागेका हुन् । समस्या समाधानका लागि त्यहाँस्थित नेपाली दूतावासले मध्यस्थता गरेको थियो । उनीहरुले करार अवधिभित्र कामदारको मृत्यु भए बाँकी अवधिको तलब र राहत दिनुर्पे, ओभरटाइम, बिरामी बिदा तथा आवासको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर तीन दिनयता आन्दोलन गर्दै आएका थिए ।

हडतालमा उत्रिएका नेपाली कामदारमाथि कम्पनीमा आगजनी र तोडफोड गरेको आरोप लगाएर व्यवस्थापनले प्रहरीलाई पक्राउन लगाएको थियो । कम्पनीको लापरबाहीका कारण बिरामी नेपाली कामदारले उपचार अभावमा ज्यान गुमाएको भन्दै तिब्राउ र कुलाइजयास्थित जेसीआई कम्पनीमा कार्यरत मजदुर हड्तालमा उत्रिएका हुन् ।

पक्राउ परेका नेपालीको रिहाईबारे भने कुनै सहमति भएको छैन । उक्त कम्पनीमा चार वर्षअघि पनि एक नेपाली कामदारको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us