घूस लिँदालिँदै समातिए काठमाण्डुका सुब्बा

काठमाण्डु टुडे २०७१ भदौ १२ गते ८:०३ मा प्रकाशित

काठमाण्डु, १२ भदौ- जिल्ला प्रशासन कार्यालय काठमाण्डुका नायब सुब्बा सेवाग्राहीसँग घूस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नावयसुब्बा छविराम काफ्लेलाई बिहीबार पक्राउ गरेको हो । उनलाई घूस लिएको रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता श्रीधर पौडेलले बताए । घूस लिएर काम गर्ने गरेको उजुरीका आधारमा अख्तियारले जिल्ला प्रशासन कार्यालयमा छापा मारेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us